२२, माघ २०७६
धादिङ । धादिङ उद्योग वाणिज्य संघले फागुन २ गतेबाट धादिङबेसी खुल्ला मञ्चमा सातौं धादिङ महोत्सव सञ्चालन गर्ने भएको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलश्रोत तथा उद्योगको पूर्वाधार भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउदै विभिन्न जान जाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रुपले प्रयन्तशील रहने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको समेत अध्यक्ष खत्रीले बताए ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने वस्तु तथा सेवाको प्रर्दशनी, कृषि प्रर्दशनी, साना तथा घरेलु उत्पादनको प्रर्दशनी, सांस्कृतिक प्रर्दशनी, हस्तकलाको प्रर्दशनी, औद्योगिक वस्तुहरुको प्रर्दशनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, बाल उद्यान लगायतका आकर्षणहरु हुने बताईएको छ ।
धादिङ उद्योग वाणिज्य संघले आज मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी गराई गराईएको छ ।
२०७६ माघ २१ गते प्रकाशित
प्रकाशित मिति :माघ २२, २०७६ बुधवार -
०५:१७:५७ बजे