७, फाल्गुण २०७६
धादिङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार विरुद्धको सचेतना अभियानलाई सहयोग गर्ने उद्देश्यले धादिङमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सँस्था गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङको सभा हलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौटाका कार्यालय प्रमुख सहसचिब शिव कुमार कार्की, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी,सशस्त्र प्रहरी नायब उपरिक्षक धिरेन्द्रराज न्यौपाने , अख्तियारका शाखा अधिकृत विकाश बिक तथा सिद्धलेक गाउँ पालिकाका शाखा अधिकृत विनोद अर्याल लगायत जिल्लाका विभिन्न स्थानबाट सहभागी नागरिकहरुको भेलाले सो सँस्था गठन गरेको हो ।
नौ सदस्य तदर्थ समिति बनाई जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार दर्ता भएको सँस्थाको अध्यक्षमा प्रमोदराज रुपाखेती, उपाध्यक्षमा शङ्कर तामाङ,सचिबमा केशव दुवाडी, सहसचिबमा टापबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सबिता अर्याल सँगै सदस्यहरुमा कुमार कार्की, इश्वरी अर्याल, सानुबाबु बराइली (सीताराम) र देबकी पौडेल रहेका छन् ।
प्रकाशित मिति :फाल्गुण ७, २०७६ बुधवार -
०२:१३:५५ बजे