शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपप्रमुखको धम्कीपछि अनमीको राजीनामा

उपप्रमुखको धम्कीपछि अनमीको राजीनामा

नागरिक पाटी

९, फाल्गुण २०७६
  • 5.3K
    SHARES
  • काठमाडौँ । बुंगल नगरपालिकाकी उपप्रमुख मीना जागरीले गरेको गालीगलौज र धम्कीका कारण बझाङको कफलसेरी स्वास्थ्य चौकीमा कार्यरत अनमी नीरुपति चौधरी जागिर छाड्न बाध्य भएकी छन् । घरमै सुत्केरी भएकी स्थानीय एक महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी भएको अभिलेख राखेर भत्ता दिनुपर्ने उपप्रमुखको दबाब थियो । तर अनमी चौधरीले नमिल्ने अडान लिएपछि उपप्रमुख जागरीले दुर्व्यवहार गर्नुका साथै धम्की दिएकी थिइन् । घटनापछि चौधरी फागुन २ गते राजीनामा दिएर हिँडेकी छन् । उनी तीन वर्षदेखि कफलसेरीमा करारमा कार्यरत थिइन् । अनमी चौधरीलाई जागरीले चौकीमै पुगेर आफूले भनेको नमाने नराम्रो हुने भन्दै जागिर छोड्न धम्की दिएकी थिइन् । कान्तिपुरलाई प्राप्त अडियोमा उनले यसअघि पनि घरमै सुत्केरी भएका महिलालाई रकम दिइँदै आएको भन्दै चौधरीलाई त्यसै गर्न आग्रह गरेकी थिइन् । चौधरीले अगाडिका वर्षमा जेसुकै भए पनि आफूले नियमविपरीत काम गर्न नसक्ने बताएपछि ‘बाबुको छोरी होस् भने जागिर छाडेर जा, मेरो अगाडि नियमका कुरा गर्छेस्’ भन्दै धम्क्याएकी थिइन् । अडियोमा जागरी भन्छिन्, ‘मसँग बढी फूर्ति लगाउने रु म उपमेयर हुँ । यो तेरो बाउले दिएको पद हैन । अहिल्यै जागिर छाडेर गइहाल ।’ उनले अडियोमा आफू उपमेयर भएकाले आफूले भनेको नमान्ने कर्मचारीलाई राम्रो नहुने धम्की दिएकी थिइन् । अनमी चौधरीले भनिन्, ‘जागिर छाडेर गइनस् भने राम्रो हुँदैन भनेपछि डरले राजीनामा दिएर हिँडेकी हुँ ।’ उनले सुत्केरी भत्ताको निहुँ मात्र भएको र आफूलाई निकालेर अर्को मान्छेलाई जागिर दिने नियतले उपमेयरले निरन्तर धम्की उनले दिएको बताइन् । कान्तिपुर दैनिकबाट  

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०७६ शुक्रवार - १७:३४:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology