आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना भाइरसले उत्पन्न गरेको मनावैज्ञानिक त्रासलाई कसरी कम गर्न सकिन्छ ?

कोरोना भाइरसले उत्पन्न गरेको मनावैज्ञानिक त्रासलाई कसरी कम गर्न सकिन्छ ?

नागरिक पाटी

८, चैत्र २०७६
  • 6.6K
    SHARES
  • रामकुमार थापा / धादिङ सजिव प्राणीको मृत्यु निश्चित छ । अबको २४ घण्टासम्म हामी जीवितै रहन्छौं या रहँदैनौं भन्ने कुनै निश्चित छ त रु हामी जीवित हुने कारण र जोखिम हुने कारणलाई एक पटक विचार गरौं । जीवन अस्थिर छ । जुनसुकै समयमा जे पनि हुन सक्छ । किनभने मानिस मर्ने र बाँच्ने सम्भावना सधैँ बराबर हुन्छ । अनावश्यक सोचेर आफैलाई कमजोर बनाउँदै गयौं भने हाम्रो रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । जसले गर्दा संक्रमणको जोखिम पनि बढी हुन्छ । भाइरस तथा ब्याक्टेरियासँग लड्ने औषधि भन्दा पनि हामी भित्र भएको बलियो आत्मबल हो । हामीसँग भएको विश्वास र आत्मबलले प्राणघातक रोगलाई पनि पराजित गर्न सकेका उदाहरण छन् । यो बेला आत्तिने भन्दा पनि संयमित हुने र शान्त रहने हो । अबको एक महिना वा त्यो भन्दा बढी हामी यसरी आत्तिंदै गयौं भने हाम्रो शारीरिक तथा मानसिक अवस्था कस्तो होला एक पटक गम्भीर भएर सोचौं । हामी शारीरिक तथा मानसिक रुपमा सबल तथा तन्दुरुस्त हुन सकेनौं भने जतिसुकै डराए पनि र आत्तिए पनि हामीलाई भाइरसले छोड्नेवाला छैन । अहिलेसम्म नेपालमा एक जना बाहेक कसैमा पनि कोरोना संक्रमण भएको देखिएको छैन । सङ्क्रमण भएकाको पनि उपचारपछि निको भइसकेको छ । एक जना बाहेक नयाँ सङ्क्रमित व्यक्ति भेटिएको छैन । त्यही भएर हामी यसरी आत्तिनुपर्ने अवस्था छैन । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा विभिन्न खबरहरु आइरहेका छन् । हामी हल्लै हल्लाको पछाडि लागेर आफ्नो आत्मबल घटाइरहेको छौं । तर यस्तो अवस्थामा आत्मबल घटाउनुको सट्टा एकले अर्कोलाई सहयोग गर्ने, भावना सुनिदिने, तथ्य र तथ्यांकलाई हेर्न वा बुझ्ने र आवश्यक साबधानी अपनाउने हो । भाइरसको सङ्क्रमण हुनेबित्तिकै ज्यानै जान्छ भन्ने पनि होइन । बर्सेनि नेपालमा आत्महत्या गरेर, सडक दुर्घटनामा परेर र अन्य विभिन्न रोगका कारण कति मानिसको ज्यान जाने गरेको छ रु हामीले कहिल्यै यो तथ्यांकलाई हेरौं त रु तर कोरोनाले ज्यान गुमाउनेको तथ्यांक सुनेर किन आत्तिने । यसको अहिलेसम्म औषधि बनेको छैन तर विश्व तयारीमा जुटिरहेको छ । नेपालमा आजको दिनसम्म सङ्क्रमण फैलिसकेको छैन । बरु स्वास्थ्यमा ध्यान दिउँ । डाक्टरले भनेको कुराहरुको पालना गरौँ । समस्याको समाधान हुन्छ भनेर सकारात्मक बनौँ । अप्ठेरोमा सहयोग गर्ने छिमेकी देशहरु छन् । सहयोग गर्छु भनिरहेका छन् । सरकार पूर्ण रुपमा जुटिरहेको छ । बिरामीको निःशुल्क उपचार सरकारले गर्छु भनीरहेको छ । तर उल्टै सरकारले गरेको सतर्कतालाई पनि शंका गरेर मानिसहरु आफैं चिन्तित बनिरहेका छन् । कोरोना भाइरस रोगले भन्दा पनि मानिसलाई हल्लाले मनोवैज्ञानिक समस्यामा पारेको छ । सामाजिक सञ्जालमा आएका सूचना तथा समाचारलाई विश्वास गर्दा नागरिकहरु आतंकित बनेका छन् । सत्य र आधिकारिक सूचनालाई विश्वास गर्नुभन्दा पनि समाजिक सञ्जालमा आएका सबै कुराहरुलाई विश्वास गर्दा समस्या थपिएको हो । अब हामी नागरिकले पनि आफ्नो तर्फबाट सरकारलाई सकेको सहयोग गर्नुपर्छ । एक–अर्कोलाई सहयोग गर्ने बानीको विकास गरौं । कालोबजारी नगर्ने, डाक्टरको सल्लाह र सरकारको निर्णय माने मात्र पनि हामी सम्भावित जोखिमबाट बच्न सक्नेछौं । कोरोना सङ्क्रमणबाट बच्न निम्न कुराहरु अपनाऔँ १. यो विपत्ति हो केही समयपछि ठिक हुन्छ भन्ने सोच्ने २. दैनिक गर्ने कार्यहरुलाई निरन्तरता दिने ३. आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने ४. स्वस्थ खाना खाने, पर्याप्त निन्द्रा लिने र पानी प्रशस्त पिउने ५. मनमनै म ठिक छु, यस्तो बेला आत्तिनु हुन्न भनेर सोच्ने ६.साथीभाइ तथा परिवारका सदस्यहरुबीच मनका भावनाहरु बाँड्ने ७. बालबालिकाहरुलाई क्रियाकलापमा व्यस्त गराउने, आफू पनि सहयोगी बन्ने ८. नियमित योग अभ्यासहरु गर्ने र गहिरो श्वास लिने । ९ .कोरोना भाइरस लाग्दैमा मरिँदैन भनेर विश्वस्त हुने र आत्मबल बढाउने १०. यो समस्या मेरो होइन विश्वको साझा समस्या हो भनेर बुझ्ने ११. भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने ।  

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७६ शनिवार - २१:०६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology