आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना भाइरसबाट १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित, चार लाख ६७ हजार घर फर्किए

कोरोना भाइरसबाट १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित, चार लाख ६७ हजार घर फर्किए

नागरिक पाटी

३, बैशाख २०७७
  • 6.3K
    SHARES
  • काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० का कारण १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । कोभिड १९ बारे विश्वभरिको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म यो भाइरसबाट १९ लाख ९२ हजार एक सय जना सङ्क्रमित भइसकेका छन् । एक लाख २० हजारभन्दा धेरैको ज्यान गएको छ । सङ्क्रमितमध्ये चार लाख ६७ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् भने १३ लाख ९८ हजारको उपचार भइरहेको छ, जसमध्ये ५१ हजारभन्दा धेरैको अवस्था गम्भीर छ । पछिल्लो एक दिनमा अमेरिकामा दुई हजार दुई सय ८४ जनाको ज्यान गएको छ भने २४ हजार दुई सय १५ नयाँ बिरामी थपिएका छन् । योसँगै अमेरिकामा कोरोनाका कारण २५ हजार ९ सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ६ लाख ११ हजार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय जनाको ज्यान गएको छ । जसका कारण इटलीमा २१ हजारभन्दा धेरै, स्पेनमा १८ हजारभन्दा धेरै, फ्रान्समा १५ हजारभन्दा धेरै र बेलायतमा १२ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा एक दिनमा ३५ जनाको ज्यान गएको छ भने एक हजारभन्दा धेरैमा सङ्क्रमण देखिएको वल्डोमिटरले जनाएको छ । एजेन्सीको सहयोगमा

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३, २०७७ बुधवार - १५:१७:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology