शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसको त्रासका कारण रोकिएको पेट्रोलियम आयात सुचारू

कोरोना भाइरसको त्रासका कारण रोकिएको पेट्रोलियम आयात सुचारू

नागरिक पाटी

१२, बैशाख २०७७
  • 6.9K
    SHARES
  •   काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण विगत दुई हप्तादेखि आयात रोकिएको थियो । कोरोना भाइरसका कारण लोड लिन ट्याङ्कर चालकहरू भारत जान नमानेपछि आयात रोकिएको हो तर नेपाल आयल निगमले चालकलाई कोरोना भाइरसबाट बच्ने सुरक्षाको प्रत्याभूति गराएपछि आयात सुरु भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुभयो, “पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले लामो समय ढुवानी रोकिनु राम्रो हँुदैन, सुरक्षा अपनाएर हामीले ढुवानी गर्नैपर्ने हुन्छ । त्यसकारण उनीहरूलाई अनुरोध गरेर ढुवानी सुचारु गरेका हौँ । ” मङ्गलबार धनगढीबाट ४५ वटा ट्याङ्कर ढुवानीका लागि गएको निगमले जनाएको छ । आयात नभए पनि सो क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भने छैन । नेपालगञ्ज र धनगढी नाकाबाट सामान्य दिनमा दैनिक छ सय किलोलिटरसम्म डिजेल र १५ सय किलोलिटरसम्म पेट्रोल आयात हुँदै आएको थियो । लकडाउनको समयमा पेट्रोलियम पदार्थको बिक्री वितरण घटेको छ । हाल दैनिक तीन सय केएल पेट्रोल र हजार केएल डिजेल बिक्री हुँदै आएको छ । सामान्य अवस्थामा दैनिक तीन हजार केएल पेट्रोल र सात हजार केएल डिजेल खपत हुँदै आएको थियो । अमेरिकी कच्चा तेलको गिरावटले असर गर्दैन, अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने निगमले जनाएको छ । लकडाउन मूल्यमा गिरावट आउनुको प्र्रमुख कारण मानिएको छ । निगमका अनुसार नेपालमा खाडी देशबाट पेट्रोलियम पदार्थ आउने हो । इन्डियन आयल कर्पोरेसनले गल्फबाट ८५ प्रतिशत कच्चा तेल लिएर भारतमा तयारी तेल बनाउँछ । उपाध्यायले भन्नुभयो, “अमेरिकामा आएको गिरावटले यहाँ असर गर्दैन, त्यहाँको तेलको क्वालिटी पनि फरक हो, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतारचढावका बारेमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको स्वचालित मूल्य कार्यान्वयनबाटै निर्धारण हुन्छ तर अमेरिकातिरको मूल्यले असर गर्दैन । ” गोरखापत्रमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७७ शुक्रवार - १५:११:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology