शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

सिड्स नेपाल धादिङद्वारा तीन स्थानीयतहलाई ५० सेट पिपिई र स्वास्थ्य सामाग्री हस्तान्तरण

सिड्स नेपाल धादिङद्वारा तीन स्थानीयतहलाई ५० सेट पिपिई र स्वास्थ्य सामाग्री हस्तान्तरण

नागरिक पाटी

१५, बैशाख २०७७
  • 10.3K
    SHARES
  • धार्के धादिङ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स नेपालले धादिङका तीन वटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । धादिङको थाक्रे गाउँपालिका,धुनिवेशी नगरपालिका र गल्छी गाउँपालिकामा स्वास्थ्य कर्मीहरुका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री पिपिई हस्तान्तरण गरिएको सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभएको छ ।तिन वटा गाउँपालिकालाई पिपिई सामाग्री सेट ५० , ईन्फेन्डर थर्मल गन ६ वटा र एन ९५ माक्स ३० वटा हस्तान्तरण गरीएको रुपाखेतीले बताउनुभयो । थाक्रेगाउँ पालिका अध्यक्ष राम कुमार आचार्य र निमित प्रमुख प्रशासकिय अधिकृत शेस्सकान्त पौडेललाई संस्थाका अध्यक्ष माधव प्रसाद खतिवडा , थाक्रे यूवा परिषद संयोजक मधुसुदन रुपाखेती र कार्यसमिति सचिव विष्णु प्रसाद पौडेल लगाएत सदस्यहरुको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । यसैगरी संघिय सांसद भुमि त्रिपाठीको आतिथ्यतामा गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ र स्वास्थ्य संयोजकलाई हस्तान्तरण गरिएको थियो । यसैगरी धुनिवेशी नगरपालिकाका मेयर वालकृष्ण आचार्य मेयर निरु खरेललाई सँस्थाको तर्फवाट उपलब्ध सामाग्री हस्तान्तरण गरियो । कार्यक्रममा सिड्स नेपाल कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, नेकपा जिल्ला कमिटी सदस्य जिन्दगी थापा,सिड्स कार्यसमिति अध्यक्ष माधव प्रसाद खतिवडा,सदस्य गंगा सुवेदी र थाक्रे यूवा परिषद संयोजक मधुसुदन रुपाखेतीको सहभागीता रहेको थियो । सामाग्र बुझ्दै स्थानीय तहका प्रमुखहरुले बिपतीको समयमा सिड्स नेपाल धादिङले सस्थागत विकास सञ्जाल समेतको साझेदारीमा विकासका लागि यूवा नेतृत्व परियोजनाको वचत रकमवाट प्रदान गरिएको सामाग्रीको सहि सदुपयोग गर्ने भन्दै धन्यवाद दिनुभएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - ०१:२५:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology