शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लिपुलेक सिमा समस्या बारे अन्तर्राष्ट्रियकरण गर्न सांसदहरू माग

लिपुलेक सिमा समस्या बारे अन्तर्राष्ट्रियकरण गर्न सांसदहरू माग

नागरिक पाटी

२९, बैशाख २०७७
  • 6.9K
    SHARES
  • काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको भन्दै आक्रोशित सांसदहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए। आफ्नो सीमा मिचेर भारतले सडक खन्दा पनि बेलैमा ध्यान नदिएको भन्दै उनीहरूले सरकारप्रति असन्तुष्टि जनाएका छन्। पूर्वउपप्रधान तथा रक्षामन्त्री एवं नेकपा नेता भीम रावलले नेपाली भूमि भारतले अतिक्रमण गरेकोमा निन्दा र भत्र्सना गर्दै अन्तर्रा्ष्ट्रिय कानुन र असल छिमेकी नीतिविपरीत भारतले नेपाली भूमि कब्जा गरेको बताए। नेपाली भूमि समेटेर नक्सा सार्वजनिक नगरेकोे भन्दै सरकारप्रति पनि असन्तुष्टि जनाएका छन्। नेकपाकै सांसद कृष्णभक्त पोखरेलले नेपाली भूमि फिर्ता गर्न भारतले नचाहे नेपालले संयुक्त राष्ट्रसंघ र अन्तर्रा्ष्ट्रिय अदालत जानुपर्ने सुझाव दिएका छन्। प्रमुख विपक्षी दल कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले नेपाली भूमि मिचेर भारतले सडक बनाएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताए। भारतको दादागिरी र चीनको अन्यायको प्रतिरोध गर्न सिंगो नेपालीलाई साथमा लिएर कांग्रेस सबैभन्दा अगाडि रहने थापाले बताए छन्।पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले डिप्लोमेटिक नोट मात्र काफी नहुने भन्दै भारतसँग सबै उपाय अपनाउनुपर्ने बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २९, २०७७ सोमवार - १५:३७:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology