शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

शिवराज आचार्य

११, जेठ २०७७
  • 4.3K
    SHARES
  • काठमाडौं  । काठमाडौंको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्। विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल बिहान पाँच बजे आपसमा ठक्कर खाँदा दुर्घटना भएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। राससका अनुसार बा८५प ५६६ र बा ९१ प ११८८ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्। मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेका प्रहरीले जनाएको छ। उनीहरु दुबै मोटरसाइकल चालक रहेका पोखरेलले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा अन्य तीन घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइतेको ग्रिनसिटी अस्पताल र गम्भीर अवस्थाका घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०७७ आइतवार - २०:५२:४९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology