शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालको नयाँ नक्साअनुसार सांसदको लोगो परिमार्जन गरिने

नेपालको नयाँ नक्साअनुसार सांसदको लोगो परिमार्जन गरिने

शिवराज आचार्य

१२, जेठ २०७७
  • 7.1K
    SHARES
  • काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीक (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दै आएका प्रतीकलाई नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक ९लोगो० र सांसदले लगाउँदै आएका प्रतीक परिमार्जन हुनेछ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ । (रासस)

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - ०१:१७:२६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology