शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

शिवराज आचार्य

१२, जेठ २०७७
  • 5.1K
    SHARES
  • काठमाडौं । थप १९ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .विकास देवकोटाकाअनुसार मोरङ बारादशी ३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको समरिमाई-५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । उनीहरु मध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - ०१:२८:१७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology