शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्रीद्धारा ईद पर्वको शुभकामना, घरमै सुरक्षित तवरले चार्डपर्व मनाउन आह्वान

प्रधानमन्त्रीद्धारा ईद पर्वको शुभकामना, घरमै सुरक्षित तवरले चार्डपर्व मनाउन आह्वान

शिवराज आचार्य

१२, जेठ २०७७
  • 6.7K
    SHARES
  • काठमाडौँ,। इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना’ व्यक्त गर्नुभएको छ । अरबी पात्रोको नवौं महिनालाई रमदान ९रमजान० भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने व्रतलाई रोजा भनिन्छ । रमदान अवधिभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ । अरबी भाषामा ईदको अर्थ खुशी र फित्रको अर्थ दान हुनजान्छ । ईद पर्वमा ईदगाह ९खाली मैदान० वा ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी ९नमाज० पढ्ने चलन छ । यसै दिन गरिव र दीनदुःखीहरुलाई फित्र ९दान० दिने चलन पनि इस्लाम समुदायमा छ । मुस्लिम समुदायमा वार्षिक कमाइको साढे दुई प्रतिशत दान गर्नै पर्ने नियमलाई अरवी भाषामा जकाव भन्ने गरिएको छ । प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश रहेको बताउनुहुँदै यस्ता विशेषताहरु यहाँ मौलिक पुँजीको रुपमा रहेको धारणा व्यक्त गर्नुभएको छ । ‘एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन् । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।’ सोही विशेषतालाई आत्मसात गर्दै सरकार ‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको पनि उहाँले स्मरण गराउनुभएको छ । ठीक यसैबेला विश्वब्यापी संकटका रुपमा कोभिड–१९ भाइरसको महामारीको सामना गर्नुपरेको बताउँदै उहाँले भन्नुभएको छ, ‘यस विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चार्डपर्व मनाउन पनि म आह्वान गर्दछु ।’

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - १५:४८:१२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology