शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतले पाम आयलपछि चिया निकासीमा अवरोध

भारतले पाम आयलपछि चिया निकासीमा अवरोध

शिवराज आचार्य

१२, जेठ २०७७
  • 6.0K
    SHARES
  • काठमाडौं । भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया निकासीमा अवरोध गरेको छ । उसले केही साताअघि मात्रै नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताको लाइसेन्स खारेज गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय भन्सारका अधिकारीले नेपालमा उत्पादित चिया विभिन्न बहाना गरेर भारत प्रवेशका लागि अनुमति दिएका छैनन् । लकडाउनको विषम परिस्थितिमा अत्यावश्यक सामाग्री र कृषिजन्य वस्तुको आयात – निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारततर्फको निकासीमा समस्या देखिएको मन्त्रालयले जनाएको छ । भारतीय भन्सारले चिया रोक्नुको स्पष्ट कारण भने खुलाएको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ,।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - १५:५९:४४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology