आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लकडाउनमा हामी घरभित्र थुनिएका हौ हामीभित्रको श्रीजनाशक्ती थुनिएको होइन !

लकडाउनमा हामी घरभित्र थुनिएका हौ हामीभित्रको श्रीजनाशक्ती थुनिएको होइन !

शिवराज आचार्य

१२, जेठ २०७७
  • 11.6K
    SHARES
  • विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ )ले सबैलाई त्रसित बनाएको छ। भौतिक क्षतिको कुरा गर्ने हो भने विश्व अर्थतन्त्र करिब–करिब तहसनहस भइसकेको छ। कोरोना भाइरसले गर्दा हामिले सामान्य जिवनमा विचार गर्ने धेरै कुराहरु परिवर्तन भएको छ। साथिहरु संगको जमघट, घुमफिर, खेलकुद, मोजमश्ती सबै ठप्प बनेको छ जसकारण कतिपय ब्यक्तिहरुलाइ त लकडाउनमा बसेर आफ्नो दिन बिताउन हम्यहम्य परेको कुरा अबगत हुनु कुनै अनौठो कुरो छैन। लकडाउन अहिले दिमागमा बारम्बार आइरहने शब्द हो तर यो बारम्बार आउने घटना होइन।लकडाउनको समयमा घरमा बसिरहँदा मानिसमा एकप्रकारको अल्छिपना, मानसिक थकान र समस्या तथा शारीरिक तन्दुरुस्तीमा पनि असर पर्नसक्छ । अहिलेको अवस्था लामो समयसम्म घरभित्रै बसिरहनुपर्ने खालको छ। सबैले लामो समयसम्म आफूलाई घरको चौघेराभित्र समायोजन गराउन सक्दैनन्। कोरोना भाइरसको तनावग्रस्त माहोल भित्र आफुलाइ मनोहरता प्रदान गर्न नयाँ सीप सिक्ने,शारीरिक व्यायाम गर्ने, परिवार संग गुणस्तर समय बिताउने, घर ,आगन ,करेसा बारि सफा गर्ने, रचनात्मक कार्यहरुमा ब्यस्त हुने, सामाजिक संजालको माध्यम बाट जनचेतनामूलक सन्देशहरु प्रबाह गर्ने, सामाजिक संजाल मार्फत आफ्नो सिप,पेशालाई दक्ष बनाउन अन्लाईन तालिमहरु लिने,लेख्ने, पढ्ने, पेन्टिङ गर्ने, पत्रपत्रिका र किताब पढ्ने,सामाजिक सञ्जालमा साथीहरूको समूह बनाएर विभिन्न विषयमा छलफल गर्ने आदि इत्यादी गतिविधिमा आफुलाइ ब्यस्त राख्न सके लकडाउन तनाब होइन बर्दान बन्न सक्छ। यस् लकडाउनमा हामी घरभित्र थुनिएका हौ हामीभित्रको श्रीजनाशक्ती थुनिएको होइन त्यसैले केही नया शृजना गरौ लकडाउनको सदुपयोग गरौँ। दिपेश कडेल वेनिघाट रोराङ ५ को युवा तथा खेलकुद विकास समितीको सयोजक

    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - १९:२०:०९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology