शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ७२ जनामा कोरोना संक्रमण, संंक्रमित संख्या ६७५ पुग्यो

थप ७२ जनामा कोरोना संक्रमण, संंक्रमित संख्या ६७५ पुग्यो

शिवराज आचार्य

१२, जेठ २०७७
  • 6.1K
    SHARES
  • काठमाण्डौ । नेपालमा एकैदिन थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएका ७२ जनासहित कुल सङ्क्रमितको संख्या ६ सय ७५ पुगेको छ । मन्त्रालयका अनुसार धनुषाको नगराइन नगरपालिकाका ३ जना पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बाराको कलैया नगरपालिकाका २ जना पुरुष, गढिमाइ नगरपालिकाका २१ जना पुरुष र रौतहटको राजपुर फरहदवा र इश्नाथका २६ जना पुरुष सङ्क्रमित भएका छन् । काठमाण्डौको टोखा नगरपालिकाका २ र बुढानिलकण्ठ नगरपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै सप्तरीको डाक्नेश्वरीका २ जना, बर्दियाको बाँसगढीका १ जना, बाँकेको दुधवा र राप्ती सोनारीका ४ जना, दैलेखको नारायण नगरपालिकाका र ढुंगेश्वर गाउँपालिकाका ५जना र गुराँस गाउँपालिकाका २ जनामा पनि सङ्क्रमण देखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - १९:२८:११ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology