शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओलीले अहिले ५ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले अहिले ५ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

शिवराज आचार्य

१३, जेठ २०७७
  • 5.2K
    SHARES
  • काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । आज सोमवार अपराह्न साढे ५ बजे सम्बोधन हुने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले लोकान्तरलाई बताए । प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका कामको सन्दर्भलाई लिएर सम्बोधन गर्ने बताइएको छ । त्यसअघि ५ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने कार्यक्रम रहेको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही महत्त्वपूर्ण घोषणा गर्न सक्ने बालुवाटार स्रोतले बतायो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - ००:२३:५२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology