१३, जेठ २०७७
धादिङ । कोरोना भाइरसका कारण नेपालमा ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको कूल संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । आज विहान मात्र ७२ जना नयाँ संक्रमित थपिएका थिए भने पछिल्लो पटक ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज विहान थपिएका नयाँ संक्रमितहरु मध्ये, धनुषामा ३ जना, कपिलवस्तुमा ३, काठमाडौंमा ३ जना, बारामा २३ जना, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १ , बाँकेमा ४ जना, दैलेखमा ७ जना रहेका छन् । निको भएकाहरुको संख्या ११२ जना छ । आज २४ जना निको भएका हुन् । मृत्यु हुनेहरु ४ जना रहेको छ ।
प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार -
००:४६:०४ बजे