शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नारायणी अस्पतालबाट ४३ जना निको भएर घर फर्किए

नारायणी अस्पतालबाट ४३ जना निको भएर घर फर्किए

शिवराज आचार्य

१३, जेठ २०७७
  • 4.7K
    SHARES
  • धादिङ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले जानकारी दिएका छन् । उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए । ४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको सिंहले बताएका छन । गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यसअघि हिजो आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए ।नेपालमा कोरोना निको हुनेको संख्या १५५ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - ०३:२८:४३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology