शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

 ऐतिहासिक भारतको नक्सामा लिपुलेक र लिम्पियाधुरा नेपालको

 ऐतिहासिक भारतको नक्सामा लिपुलेक र लिम्पियाधुरा नेपालको

शिवराज आचार्य

१३, जेठ २०७७
  • 4.7K
    SHARES
  • काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो भनी सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेका नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ, जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्रमाण हो । सन् १८३० मा सर्भे भएको आधारमा जारी हिस्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रूपमा उल्लेख गरिएको छ । भारत आफंैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनदी भएको दाबी गर्दै आएको छ । तथ्यअनुसार सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । कालीनदीलाई नै नेपाल–भारतको सिमाना मानिएको छ । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानका रूपमा निर्विवाद थियो । २०१८ सालमा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्बयाङ र नाभी गाउँमा नेपालले जनगणना गरेको प्रमाण नेपालसँग छ । नेपालले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको अर्को ऐतिहासिक प्रमाण भनेको लाइब्रेरी अफ कंग्रेस, वासिङ्टनडिसीमा रहेको नक्सा पनि हो । सन् १८२७ मा जारी भएको सो नक्सामा कालीनदी स्पष्ट देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट छ ।राजधानी दैनिकबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - १७:५७:०१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology