शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोना संक्रमितको संख्या ६९२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ६९२ पुग्यो

शिवराज आचार्य

१३, जेठ २०७७
  • 4.4K
    SHARES
  • काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा वीरेन्द्रनगरका ८ र सुर्खेतकै सिम्ता र भेरी गंगा गाउँपालिकाका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् । संक्रमित १२ मध्ये एक महिला र बाँकी सबै पुरुष छन् । योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ९२ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - १९:३६:४४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology