शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमसीसी सम्झौता, संसोधन नगरे खारेज गर्न साझा पार्टीको आग्रह

एमसीसी सम्झौता, संसोधन नगरे खारेज गर्न साझा पार्टीको आग्रह

शिवराज आचार्य

१३, जेठ २०७७
  • 6.7K
    SHARES
  • काठमाडौं । साझा पार्टीले एमसीसी (कम्प्याक्ट) सम्झौता संसदबाट पारित गराई छाड्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमसीसी सम्झौताका कतिपय बुँदा नेपालको राष्ट्रिय स्वाभिमान र हितको बर्खिलापमा रहेको भन्दै सम्झौता संसोधनविना संसदबाट पास गरिनु हुँदैन भन्ने साझा पार्टीको निरन्तर अडान रहिआएको विज्ञप्तीमार्फत जनाएको छ । एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि हुने, नेपाल सरकारको समेत १३ करोड डलर लगानी रहने आयोजनाको लेखापरिक्षणमा महालेखा परिक्षकको संलग्नता नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि तेस्रो देश भारतको स्वीकृति लिनुपर्ने, नेपाल सरकारको गठन आदेशबाट स्थापित आयोजना कार्यान्वयन एकाई (एमसीए) को निर्णय प्रकृयामा एमसीसी हावी रहने, आयोजनामा रोजगारीका लागि नागरिकताको कुनै बन्देज नहुने, सम्झौताका केही दफा आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहने लगायत सम्झौताका आपत्तिजनक प्रावधानको समीक्षा र सुझावका लागि साझा पार्टीले स्वतन्त्र विज्ञको कार्यदलको माग गर्दै आएको छ। सत्ताधारी दल नेपाल कम्युनिस्ट (नेकपा) भित्रै र आम नागरिकबाट समेत एमसीसी सम्झौताबिना संसोधन पारित हुन नहुने आवाज जोडदाररूपमा उठ्दै आएको भन्दै साझा पाटीले समाजका विभिन्न कोणबाट उठेका चिन्ता र चासोलाई वेवस्ता गर्दै बहुमतको आडमा एमसीसीलाई पारित गरेरैछाड्ने सरकारको ढिपी दम्भयुक्त र दुर्भाग्यपूर्ण भएको जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - १९:४१:४१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology