शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २१ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १७६ पुग्यो

नेपालमा थप २१ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १७६ पुग्यो

शिवराज आचार्य

१४, जेठ २०७७
  • 4.1K
    SHARES
  • धादिङ । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले बताएको छ। डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्। उनीहरुलाई मंगलबार राति साढे १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन्। डिस्चार्ज हुनेमा १५ महिनादेखि ७४ वर्ष उमेरसम्मका छन्। डिस्चार्ज हुनेहरु गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका थिए। अस्थायी अस्पतालमा अब ९ जना संक्रमित मात्रै उपचाररत रहेको अस्पतालले बताएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १६:४९:४१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology