शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौंडा चौकीटोलकी २५ वर्षीया महिलामा कोरोना संक्रमण

हेटौंडा चौकीटोलकी २५ वर्षीया महिलामा कोरोना संक्रमण

शिवराज आचार्य

१४, जेठ २०७७
  • 6.5K
    SHARES
  • हेटौंडा । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनु भएको छ । यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए । उनको आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको डा. श्रेष्ठले बताएका छन । उनलाई हेटौंडाबाट चितवनको भरतपुर अस्पताल लगिएको छ । उनी र उनका श्रीमान चितवनमा रोजगारीमा थिए । उनी चितवनबाट हेटौंडा आएपछि कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - २०:१५:२३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology