शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रुकुम घटना : हराएका एक युवाको शव फेला , मृतकको संख्या ४ पुग्यो

रुकुम घटना : हराएका एक युवाको शव फेला , मृतकको संख्या ४ पुग्यो

शिवराज आचार्य

१५, जेठ २०७७
  • 8.4K
    SHARES
  • काठमाडौं । रुकुम पश्‍चिम घटनामा भेरी नदीमा हराइरहेका अर्का एक युवाको शव फेला परेको छ । बेपत्तामध्ये लोकेन्द्र सुनारको शव फेला परेको भेरी नगरपालिकाका मेयर सीपी घर्तीले जानकारी दिएका छन । भेरी नगरपालिका ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको हो । उहाँको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन् । यससँगै उक्त घटनामा संलग्न ४ जनाको शव भेरी नदीमै फेला परेको हो । भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उहाँसँगै गएका चौरजहारी नगरपालिका वडा नं। १ का २० वर्षीय टिकाराम विकको शव घटनास्थलबाट झन्डै २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका वडा नं। १२ मा खोदा खोला नजिक भेटिएको थियो । दुईजना अझै बेपत्ता छन् । पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिइसकेको छ । प्रहरीले किशोरीका बाबुआमा, जनप्रतिनिधिसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ००:३२:१२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology