आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

म मान्छे हो कि होइन जवाफ देऊ सरकार ?

म मान्छे हो कि होइन जवाफ देऊ सरकार ?

शिवराज आचार्य

१५, जेठ २०७७
  • 10.2K
    SHARES
  • राजकुमार नेपाली जुन देशमा मान्छेले मान्छेलाई तल्लो जातको भनी मार्छ त्यही देशको मान्छे हामी के स्वाभिमानी प्रेम गर्नु पाप त थिएन पापिहरुले बाच्न दिएनन् नवराज । तिमी र तिम्रो प्रेम गलत थिएन । तर गलत सोचाइ थियो हत्यारा अपराधी सामन्ती शोषकहरु जसको कारण तिमी आफ्नो जीवन लिन जाँदा आफ्नो जीवन बलिदान दिनु पर्यो । ए सरकार ११ जनाको ज्यान गयो दलित भएर प्रेम गरेकै कारण अब कति जनाको ज्यान जाने हो ? के दलित मान्छे नै होइनन् ? कि दलितले प्रेम गर्नै हुँदैन ? माया प्रेम ठुलो बढा र सामन्त्री शोषक हरुको पुर्ख्यौली सम्पत्ती हो ? दलितको नाममा राजनीतिको खोल ओढेकाहरु कहाँ गयौ तिमी हरु के अझै कति नवराजहरु प्रेम गरेकै कारण मर्नुपर्छ । दलित साँसद, दलित प्रतिनिधि, दलित अधिकारकर्मी तिमीहरुले प्रष्ट रुपमा सबिधानमा के लेखेको छ यी समाजका कलङ्कहरुलाई किन देखाउन सक्दैन । यदि अब पनि यसरी दलित युवा प्रेमकै कारण मृत्यु वरण गर्न बाध्य भइरहने हो भने देखि भोलि तिम्ले खोज्नी दलित युवा नै यो समाजमा नरहने त होइनन सरकार । २१ औ शताब्दी भनिन्छ बिकास र प्रबिधिको युग हो । बिकशिल देशहरुमा मान्छेहरुले दिनानुदिन खोज र आबिश्कारले मान्छेका अङ्ग अङ्ग देखि पृथ्वी चन्द्रमाको बारेमा समेत खोज अनुसन्धान गरिरहँदा नेपालमा भने अझै किन मान्छे मान्छे एक हुन सक्दैनन् । अनि आज मायामा अडेको संसारमा माया गर्दा सानो जात र ठूलो जातले गर्न नहुने हो । प्रेम गरेर राजिखुशिले बिहे गर्न पाइने कानुनमा उल्लेख हुदाँहुदै पनि आज एक निर्दोष मान्छेको प्रेम गर्नुको कारण नै हत्या हुन्छ भने । अब हाम्रो देशलाइ शान्त छ भन्न मिल्छ कि मिलदैन । प्रेम गर्नु शान्ती हो कि हिँसा हो यदि शान्ती हो भने किन प्रेमको उपहार मृत्यु दिने गरिन्छ हिँसा हो भने संसार कसरी प्रेममा अडिन्छ । एक होइन दुई होइन प्रेम गर्दा सानो जाती र ठूलो जातिको लडाइँले ज्यान जाने र हत्या हुनेको सङ्ख्या १० जना भन्दा बढि कटि सक्यो यदि यसैगरी दलित जति प्रेम गरेरै आफ्नो ज्यान गुमाउनु पर्ने हो भने के अब दलितले प्रेम नै नगर्ने हो । देशमा कानुन छ तर हत्यारालाई कानुनले रोक्न सक्दैन भने सरकार कानुन कसको लागि । आज नवराज बिश्वकर्मा र टिकाराम बिस्वकर्मा त उदारण मात्र हुन । यस्ता अनेक प्रेम जोडि हुन सक्छन के सबैले पाउने उपहार मृत्यु मात्र हो त ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ०२:२२:०२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology