शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दिवा खाजा कार्यक्रम देशभर लागू गर्ने

दिवा खाजा कार्यक्रम देशभर लागू गर्ने

शिवराज आचार्य

१६, जेठ २०७७
  • 8.3K
    SHARES
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका सबै विदालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ । अहिले ४० वटा जिल्लामा लागू रहेको दिवा खाजा कार्यक्रमलाई सरकारले विस्तार गरेको हो । त्यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय स्कूल बनाउने र कम्प्युटर ल्याव स्थापना गर्ने घोषणा पनि गरेको छ । सरकारले विज्ञान क्षेत्रमा १ खर्बभन्दा बढि विनियोजन गर्ने घोषणा समेत गरेको छ । सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड विनियोजन गरेको छ । विश्व विद्यालय अनुदान आयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड, मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड विनियोजन गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ०१:४२:५३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology