शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बालाजुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बालाजुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

शिवराज आचार्य

१६, जेठ २०७७
  • 6.4K
    SHARES
  • काठमाण्डौ । काठमाण्डौको बालाजुमा मिनिट्रक र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो बिहीबार राति गोगंबुबाट बालाजु तर्फ आउदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु भएको बताएको छ । मिनिट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १६:२५:०० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology