शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दक्षिण कोरियामा संक्रमित बढेपछि १५१ विद्यालय बन्द

दक्षिण कोरियामा संक्रमित बढेपछि १५१ विद्यालय बन्द

शिवराज आचार्य

१६, जेठ २०७७
  • 5.5K
    SHARES
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित बढेपछि दक्षिण कोरियाले मुलुकका २५१ विद्यालय पुनः बन्द गराएको छ । संक्रमितको संख्यामा निरन्तर कमी आएसँगै केही दिनअघि दक्षिण कोरियामा विद्यालय खोलिएको थियो । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा कोरोना भाइरसका ५६ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन दक्षिण कोरियामा ७९ नयाँ संक्रमित फेला परेका थिए । यो संख्या दक्षिण कोरियाका लागि पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै थियो । त्यसैगरी अहिले दक्षिण कोरियामा यो कम्पनीका कर्मचारीसँग सम्पर्कमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको काम भइरहेको छ । संक्रमणको दर बढेसँगै बचुन सहरका २५१ विद्यालय पुनः बन्द गरिएको हो । विद्यालय खोल्ने तयारीमा रहेकाहरूले पनि निर्णय परिर्वतन गरेका छन् । सरकारले दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनको लागि भौतिक दूरी कायम राख्नेलगायतका नियममा कडाइ गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - २०:०९:४१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology