शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका तामाङको शव कोरियाको अस्पतालमा पैसा तिर्न नसक्दा अलपत्र

धादिङका तामाङको शव कोरियाको अस्पतालमा पैसा तिर्न नसक्दा अलपत्र

शिवराज आचार्य

१६, जेठ २०७७
  • 5.3K
    SHARES
  • काठमाण्डौ । धादिङको झार्लाङ निवासी मैती तमाङको गत सोमबार जेठ १२ गते कोरियामा मृत्यु भएको छ। झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एक तला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो। गत वैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उनको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्राव भएको थियो । घटनापछि तत्काल स्थानीय अस्पतलमा लगिए पनि उक्त अस्पतालमा उपचार असम्भव भएपछि तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको गत सोमबार बेलुका मृत्यु भएको हो । तामाङ पाँच वर्षअघि भिजिट भिसामा कोरिया आइ अवैधानिकरूपमा कोरिया बस्दै काम गर्दै आइरहेका थिए । अन्दाजी ४५ पर्षीय तामाङ अवैधानिक भएका कारण कुनै स्वस्थ्य बीमा नभएको र निजको उपचार खर्च लगभग रु. एक करोड बिल आएको उनकी बहिनी कविता तामाङले जानकारी दिइन्। यो हप्तासम्म बाँकी रहेको बिल तिरी तामाङको मृत शरीरलाई सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको छ । तर उक्त रकम तिर्ने अवस्था नभएको भन्दै तामाङको बहिनी कविताले कोरियाको विभिन्न सङ्घसंस्था, व्यापारी, श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - २०:२३:४६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology