शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंको गोकर्णेश्वरका दुई कोरोना संक्रमित घर फर्किए

काठमाडौंको गोकर्णेश्वरका दुई कोरोना संक्रमित घर फर्किए

शिवराज आचार्य

१६, जेठ २०७७
  • 4.3K
    SHARES
  • काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना संक्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नं ७ शिवचोकका ३५ वर्षीय पुरुषमा पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार गरिएको थियो । पछिल्लो दुईपटकको सो परीक्षणका क्रममा नेगेटिभ आएपछि दुवैलाई घर पठाइएकामा हाल दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । किसिगालका ५७ वर्षीय पुरुष भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत रहेको र शिवचोकका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा कार्यरत रहेको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - २२:४६:१५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology