शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण नेपालमा छैठौं व्यक्तिको मृत्यु , आज १७० जनालाई संक्रमण पुष्टि

कोरोनाका कारण नेपालमा छैठौं व्यक्तिको मृत्यु , आज १७० जनालाई संक्रमण पुष्टि

शिवराज आचार्य

१७, जेठ २०७७
  • 8.0K
    SHARES
  • काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट छैठौं व्यक्तिको ज्यान गएको छ । नेपालमा कोरोना भाइरस संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । भारतबाट नेपाल आउने क्रममा ती व्यक्तको मृत्यु भएको हो । नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो । स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना भइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ६ पुगेको छ । नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै यो संख्या अहिलेसम्मकै बढी रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - ००:५७:३४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology