शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिविले आवश्यकता अनुसार ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

त्रिविले आवश्यकता अनुसार ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

नागरिक पाटी

१७, जेठ २०७७
  • 4.6K
    SHARES
  • काठमाण्डौँ । त्रिविका हाल ६१ वटा आङ्गिक क्याम्पस छन् । समयको आवश्यकताअनुसार बढीमा ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने अवस्थामा रहेको विश्वविद्यालयले जनाएको छ । आङ्गिक क्याम्पस हुन स्वतन्त्र रूपमा कृषि, वन र इन्जिनियरिङ विषयको मात्र पढाइ हुनुपर्ने र अन्य साधारण विषय जोडिन नहुने उहाँको भनाइ छ । विश्वविद्यालयले चिकित्साशास्त्र विषयको पठनपाठन विस्तार गर्ने कुरालाई भने कम प्राथमिकता दिने जनाएको छ । चिकित्साशास्त्रको शैक्षिक कार्यक्रम प्रदेश स्तरमा विस्तार गर्ने कुरा प्राथमिकतामा नराखिएको उपकुलपति डा। बाँस्कोटाले स्पष्ट पारे । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा। शिवलाल भुसालले सरकारले सहयोग गरेको अवस्थामा विश्वविद्यालय आङ्गिक क्याम्पस थप गरी प्राविधिक शिक्षालाई विस्तार गर्न विश्वविद्यालय तयार रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - १६:०८:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology