शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पश्चिमी वायुको आंशिक प्रभाव, देशभर सामान्य बदली

पश्चिमी वायुको आंशिक प्रभाव, देशभर सामान्य बदली

शिवराज आचार्य

१८, जेठ २०७७
  • 5.6K
    SHARES
  • काठमाडौँ । देशभरको मौसम आइतबार सामान्यत बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भएको छ। पश्चिमी वायुको आंशिक प्रभाव र पूर्वी भू–भाग नजिकै बनेको निम्न चापीय रेखाको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै हाल स्थानीय वायुको पनि प्रभाव रहेको छ । आइतबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिम पहाडमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने छ । पूर्वका केही स्थानसहित मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १५:५७:१८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology