शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संविधान संशोधनको पक्षमा कांग्रेसले मतदान गर्ने

संविधान संशोधनको पक्षमा कांग्रेसले मतदान गर्ने

शिवराज आचार्य

१८, जेठ २०७७
  • 4.4K
    SHARES
  • काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार अपराह्न शुरु भएर राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाध रुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहोर्याएको छ । त्यसका लागि सरकारले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले त्यसमा पार्टीको पूर्ण सहयोग र समर्थन रहने जानकारी दिनुभयो । सरकारले हालै जारी गरिएको नेपालको नयाँ नक्शानुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउनका लागि यही जेठ ९ गते संघीय संसदमा ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७७ ’ विधेयक दर्ता गराएको थियो । यस्तै बैठकले कोरोनाविरुद्धको संघर्षमा सरकार असफल भैरहेको भन्दै पीसीआर विधिबाट परीक्षणलाई बढाउन, स्वास्थ सामग्री पर्याप्त प्रबन्ध गर्न, क्वारेन्टीनहरुलाई मापदण्ड अनुरुपको बनाउन, आइसोलेसन वार्डको संख्या व्यापक वृद्धि गर्न, अत्यावश्यक भेन्टिलेटरको पर्याप्त जोहो गर्न माग गरेको छ । यस्तै सरकारसँग विपन्न तथा मजदुरलाई राहत वितरण, विदेशमा अलपत्र परेकालाई उद्धार गर्नुपर्ने लगायतका माग पनि काँग्रेस केन्द्रीय समितिले गरेको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १६:१३:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology