आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको धुनिबेसीमा छायांकन गरिएको लघु चलचित्र “भोटको मोल” सार्वजनिक (भिडियो सहित)

धादिङको धुनिबेसीमा छायांकन गरिएको लघु चलचित्र “भोटको मोल” सार्वजनिक (भिडियो सहित)

नागरिक पाटी

१७, फाल्गुण २०८२
  • 5.7K
    SHARES
  • धादिङको धुनिबेसीमा छायांकन गरिएको लघु चलचित्र “भोटको मोल” सार्वजनिक (भिडियो सहित)
    राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक भएको छ। चुनावको माहोललाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्म हाल अनलाइनमार्फत प्रसारणमा आइसकेको निर्माण टिमले जनाएको छ। धादिङ जिल्लाको धुनिबेसी नगरपालिका क्षेत्रमा छायांकन गरिएको फिल्मले ग्रामीण परिवेश र वास्तविक जनजीवनलाई समेट्दै भोटको मूल्य, जनताको आशा र चुनावी वाचा बीचको अन्तरलाई कथाको मुख्य आधार बनाएको छ। स्थानीय वातावरण र यथार्थपरक दृश्यले फिल्मलाई अझ प्रभावशाली बनाएको दर्शकहरूको प्रतिक्रिया छ।
     
    फिल्मका निर्माता मुक्तिनाथ चन्द ठकुरी हुन् भने लेखक तथा निर्देशक बिष्णु ठकुरी रहेका छन्। छायाँकार तथा सम्पादकको जिम्मेवारी पनि बिष्णु ठकुरिले नै सम्हालेका छन्। मुख्य भूमिकामा रमिक सिंह ठकुरी, मुक्तिनाथ चन्द ठकुरी र अशोक चन्द ठकुरी देखिएका छन्। सहायक निर्देशकका रूपमा रमिक सिंह ठकुरी रहेका छन्।
    प्रोडक्सन म्यानेजर रिशी खनाल, स्टिल फोटोग्राफी शन्देश न्यौपाने, कलरिस्ट सुजन राई, द्वन्द्व निर्देशक अदिप शाह तथा संगीतकार सपन भण्डारीको प्राविधिक योगदान रहेको छ।
     
    निर्माण टिमका अनुसार फिल्मले चुनावी समयमा देखिने आर्थिक चलखेल, जनताको भरोसा र त्यसपछिको निराशालाई सन्देशमूलक ढंगले प्रस्तुत गरेको छ। सार्वजनिक भएसँगै फिल्मले सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेको छ। राजनीतिक विषयवस्तुमा आधारित भए पनि “भोटको मोल” ले मनोरञ्जनसँगै सचेतना फैलाउने प्रयास गरेको निर्माण पक्षको भनाइ छ।
     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०८२ आइतवार - २१:४२:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology