आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राजमार्गका दायाँ बायाँ सितलचिनीको हव बनाउने सांसद भूमि त्रिपाठीको भनाई

राजमार्गका दायाँ बायाँ सितलचिनीको हव बनाउने सांसद भूमि त्रिपाठीको भनाई

  • 5.7K
    SHARES
  • शिवराज आचार्य बैरेनी । धादिङको बैरेनीमा रहेको रिम्स नेपालको हलमा सितलचिनीको खेति गर्ने सम्बन्धी सरोकारवालाहरु सगं छलफल कार्यक्रम भएको छ । धादिङको क्षेत्र नम्बर १ अन्तगर्तका ६ ओटा स्थानिय तहमा सितलचिनिको खेति गरि व्यवसायिक रुपमा अगाडि बढाउने गरी कार्यक्रमको आयोजना गरिएको सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकण रुपाखेतीले बताए । सितलचिनीको व्यवसायिक खेति गर्नेहो भने राम्रो आम्दानि हुने सामाजिक विकासमन्त्रालय प्रदेश ३ का उपसचिव नवराज खतिवडाले बताए । सितलचिनीको खेती आधुनिक,बैज्ञानिक र बढि आयमूलक रहेको पनि बताएका छन् । सितलचिनीको प्रयोग गर्नाले विभिन्न रोगको निवारण ,शरिरमा भिटामिन लगायतको काम गर्ने अध्ययनले देखाएको छ । हाम्रो गाउँ घरका वनजगंलमा सहजन वा अगस्तीका रुपमा चिनिएको विरुवा नै सितलचिनी हो । सितलचिनीको फूल पात, कोशा, डाँठ, फल, तरकारी ,ग्रिन टि आषधीका रुपमा बहुआयमिक रहेको शिक्षा मन्त्रालयका उपसचिव गुरु प्रसाद मैनालीले बताए । सितलचिनीको विरुवा एक रोपनी जग्गामा ६० ओटा विरुवा लगाउन सकिने छ । सितलचिनीको खेति गर्नु राम्रो रहेका भन्दै संघिय सांसद भूमि त्रिपाठीले आफ्नो निर्वाचन क्षेत्रमा यो विरुवाको व्यवसायिक खेती गर्न आफूले योजना बनाएर कार्यक्रमको आयोजना गरिएको बताए । सांसद त्रिपाठीले सितलचिनीको हवका रुपमा धादिङ लाई चिनाउँने बताएका छन । राजमार्गको दायाँ बायाँ सितलचिनीको विरुवा रोपेर नमुना र हराबरा हरियाली राजमार्गको रुपमा सबै लाई चिनाउँने सांसद त्रिपाठीले बताए । २०७६ श्रावण ०६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०७६ सोमवार - १८:१३:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology