आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्ता पाँच सपना जुन झुक्किएर पनि अरुलाई सुनाउनु हुँदैन

यस्ता पाँच सपना जुन झुक्किएर पनि अरुलाई सुनाउनु हुँदैन

  • 8.1K
    SHARES
  • हरेक व्यक्तिले सुतेको समयमा सपना देख्नु एक सामान्य कुरा हो। हरेक दिन हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ। प्राय मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन्। त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन। तिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ। प्राय मान्छेहरु रातको समय मा देखेको सपना विहान उठ्नासाथ आफ्ना परिवारका अन्य सदस्यलाई सुनाउने गर्छन्। सपना सुनाउने गर्दा के हुन्छ ? यदि आफूले देखेका केही अचम्मलाग्दा सपनाहरु निन्द्राबाट बिउँझिने बितिकै अरुलाई सुनाउने गर्दा तपाईलाई त्यस सपनाको फल प्राप्त नहुने साथै यसले तपाईको जीवनमा पर्ने प्रभाव घट्दै जान्छ। यस्ता केही पाँच वटा सपना जुन तपाईले अन्य व्यक्तिहरुलाई सुनाऊनु भएमा तपाईको जीवनमा यसबाट हुने प्रभाव कम हुँदै जाने गर्छ। १.आफूलाई मृत अवस्थामा देख्नु भएमा यदि तपाईले निन्द्राको समयमा आफैलाई मृत अवस्थामा देख्नुभएमा धेरै डर लाग्न सक्ने भएपनि अन्यन्त शुभ हुने गर्छ। यो सपनाको अर्थ तपाईका जीवनमा आइपरेका हरेक समस्याहरुको अन्त्य हुँदै जानेछन्। २. हराभरा बगैंचा र रुखमा फल लागेको देखेमा यदि सपनामा तपाईको घर वरिपरि वा नजिक कतै सुन्दर बगैंचा साथै कुनै रुखमा फल लागेको देख्नु धेरै शुभ मान्ने मान्ने गरिन्छ। यो सपनाको अर्थ तपाईले जीवनमा चाहे जति खुशी प्राप्त गर्न सक्नुहुन्छ र आउने दिनहरुमा आर्थिक रुपले सम्पन्न हुने योग रहने छ। ३. सपनामा सानो माछा देखेमा माछालाई देवताको प्रतिक समेत मान्ने गरिन्छ। यदि सपनामा सानो माछा पकाएको वा खाएको देख्नुभएमा यसको मतलब तपाईलाई आकस्मिक धन लाभ हुनुको साथै सुख प्राप्ति हुने गर्छ। ४. सपनामा सर्प देखेमा सपनामा साँप देख्दा जो कोहि डराउने गर्छन वा घृणा गर्न सक्छन तर यसरी सुतेको समयमा साँप देख्नु अन्यन्तै शुभ मान्ने गरिन्छ। यदि तपाईलाई साँपले लखेटेको ,घेरेको वा टोकेको देख्नु भएमा यो जान्नुहोस् कि तपाईको जीवनमा ठूलो मान९सम्मान,धन प्राप्त गर्नुका साथै तपाईका हरेक कदम प्रगति उन्मुख हुनेछन्। ५. बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नु भएमा तपाईले सपनामा बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नु भएमा धेरै शुभ हुने गर्छ। यसरी सपनामा बलिरहेको दियो देख्नु भएमा तपाईको जीवनमा नँया(नँया अवसरहरु प्राप्त हुँदै जानेछन र यसको साथमा कुनै देव देवता प्रकट भएको देख्नुभएमा तपाईको जीवनमा ठूलो सफलता मिल्नुको साथै सधैंब खुशीयाली छाउन सक्छ। एजेन्सीको सहयोगमा

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १८:४५:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology