आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रभु बैंकले गत आर्थिक वर्षमा २ अर्ब बढि नाफा कमायो

प्रभु बैंकले गत आर्थिक वर्षमा २ अर्ब बढि नाफा कमायो

  • 5.3K
    SHARES
  • काठमाण्डौँ । प्रभु बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३ करोड ८९ लाख नाफा कमाएको छ । यो गतवर्षको तुलनामा शतप्रतिशत भन्दा बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ९६ करोड ७० लाख नाफा कमाएको थियो । बैंकले सूचना निकाल्दै आफ्नो नाफा बढेको बताएको हो । यस्तै, बैंकले बचत पनि बढाएको छ । अघिल्लो वर्ष जम्मा ९७ अर्ब २३ करोड बचतकर्तासँग संकलन गरेको बचत एक वर्षमा १ खर्ब १२ अर्ब ३९ करोड पुर्‍याएको छ। बैंकले सोही अवधिमा ८६ अर्ब ४१ करोड बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा ग्रहकलाई दिएको कर्जा करिब ७३ अर्ब थियो । यस बीचमा बैंकले प्रतिशेयर आम्दानी पनि दोब्बरले बढाएको छ ।
    २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १८:५८:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology