शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेशनल लघुवित्तद्वारा बाढीपहिरो प्रभावितलाई करिब ५० लाखको नगद राहत

नेशनल लघुवित्तद्वारा बाढीपहिरो प्रभावितलाई करिब ५० लाखको नगद राहत

नागरिक पाटी

२०, भाद्र २०८३
  • 11.7K
    SHARES
  • नेशनल लघुवित्तद्वारा बाढीपहिरो प्रभावितलाई करिब ५० लाखको नगद राहत

    धादिङ, नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावित सदस्यलाई नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब ५० लाख रुपैयाँ बराबरको नगद राहत वितरण गरेको छ।भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित आफ्ना सदस्यलाई लक्षित गर्दै संस्थाले धार्के, गोगनपानी, परेवाटार, मझिमटार, किस्पाङ, भट्टेडाँडा, खाडीचौर र जालपा लगायतका क्षेत्रमा राहत वितरण गरेको हो।

    images
    images

    सदस्यहरू विपद्का कारण विषम परिस्थितिमा परेको भन्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवको नेतृत्वमा टोली प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरेको थियो।

    टोलीले प्रभावित घरहरूको स्थलगत अवलोकन गर्नुका साथै सदस्यहरूसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या र क्षतिको अवस्थाबारे जानकारी लिएको थियो।

    national 1.jpg

    राहत वितरणका क्रममा संस्थाको केन्द्रीय कार्यालय बनेपाको सञ्चालन विभागका मदन रिजाल, कर्जा विभागका सुशील पौडेल, बनेपाका अनुगमन अधिकृत रामचन्द्र लोहनी, सम्बन्धित शाखाका शाखा प्रमुखलगायत कर्मचारीहरूको उपस्थिति थियो।

    प्रभावित सदस्यलाई नगद राहत

    प्रभावित सदस्यलाई तत्काल आवश्यक पर्ने सामग्री आफैं खरिद गर्न सहज होस् भन्ने उद्देश्यले संस्थाले राहतस्वरूप नगद वितरण गरेको जनाएको छ। धादिङ, नुवाकोट र रसुवाका प्रभावित सदस्यका लागि कुल करिब ५० लाख रुपैयाँ राहत वितरण गरिएको संस्थाले जनाएको छ।

    पूर्ण क्षति भएका, परिवारका सदस्यको मृत्यु वा बेपत्ता भएका परिवारलाई क्षतिको अवस्थाअनुसार ३० हजार रुपैयाँसम्म नगद राहत प्रदान गरिएको छ। यस्तै, आंशिक क्षति भएका परिवारलाई क्षतिको अवस्था मूल्यांकन गरी उचित नगद राहत उपलब्ध गराइएको संस्थाले जनाएको छ।

    national 2.jpg

    विपद्को समयमा आफ्ना सदस्यहरूको घरदैलोमै पुगेर राहत उपलब्ध गराउँदै नेशनल लघुवित्तले सदस्यहरूको सुखदुःखमा संस्था सदैव साथमा रहेको सन्देश दिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०८३ शनिवार - १९:५५:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology