आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राष्ट्रिय राजमार्गमा सौर्य बत्ति, प्राथमिकतामा सडक सुरक्षा

राष्ट्रिय राजमार्गमा सौर्य बत्ति, प्राथमिकतामा सडक सुरक्षा

  • 5.4K
    SHARES
  • सन्तोष सुबेदी महादेबेशी । धादिङको थाक्रे गाउँपालिकाले सडक सुरक्षाको लागी बिभिन्न योजनाहरु ल्याएको छ । थाक्रेमा त्रिभुवन राजपथको १३ किलो मिटर र पृथ्बी राजमार्गको १६ किलोमिटर यहि गाउँपालिकामा पर्दछ । राजमार्गमा दैनिक हजारौँ यातायात ओहोर दोहोर गर्ने गरेका छन । सडक सुरक्षाको लागी यस गाउँपालिकाले बिभिन्न योजनाहरु ल्याएको छ भने केहि कामहरु सम्पन्न भईसकेका छन् । अहिले पृथ्बीराजमार्ग अन्तर्गत सडक छेउमा सडक बत्ति हाल्ने काम भईरहेको थाक्रे गाउँपालिका सदस्य कुमार बैरागीले जानकारी दिए । रातको समयमा यात्रुको सुरक्षा तथा अन्य गैरकानुनी क्रियाकलापलाई कम गर्न पनि सडक छेउमा सोलार बत्ति जडान गर्न लागीएको गाउँपालिका अध्यक्ष राम कुमार आचार्य बताए । धादिङ धुनिबेशिनगरपालिका वडा नम्बर ६ र थाक्रे गाउँपालिका वडा नम्बर ८ को सिमानामा रहेको गणेशखोला पुलबाट थाक्रे १ खयरघारीको खेस्टे खोलाको पुल सम्म जम्मा ९० वटा बत्ति जडान गर्न लागीएको अध्यक्ष आचार्यले बताए । अहिले थाक्रे ६ महादेबबेशि बजारमा सोलार बत्ति जडानको काम लगभग सम्पन्न भएर बजार क्षेत्रमा बत्ति बालिएको छ । अहिले अन्य ठाउँहरुमा पोल गाड्ने काम भईरहेको छ । यो काम लगभग ४ दिनमा सक्ने लक्ष्य रहेको समेत उनले बताए । थाक्रेका स्थानिय श्याम थापाको नेतृत्वमा एक उपभोक्ता समीती गठन गरिएको र सोहि समीतीद्धारा अहिले काम भईरहेको थाक्रे १० का अध्यक्ष गोकुल लामिछानेले बताए । थाक्रे गाउँपालिकाको गत बर्षको “उज्यालो शहर” योजना अन्तरगत बजार तथा सडकका छेउमा सडक बत्ति हाल्ने काम भईरहेको हो । सडक छेउमा हालिने प्रति एक बत्तिको लागी लगभग ७४ देखि ८६ हजार सम्म खर्च लाग्ने अनुमान गरिएको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतिले जानकारी दिए । सडक उपभोक्तालाई सहजताका लागी थाक्रे ६ महादेबबेशि बजारमा दुबै तर्फ फुटपाथ निर्माण गरिएको छ । गाउँपालिका कै आर्थिक सहयोगमा निर्माण भएको यस फुटपाथले मानबिय दुर्घटना कम गराउनुका साथै स्थानियहरुमा सहजता समेत थपेको छ । यो फुटपाथ जुँगेखोला र सिम्लेमा पनि बनाउने योजना रहेको छ । यसैगरी सडक तथा थाक्रे गाउँपालिकालाई हराभरा एवम् स्वच्छ बनाउने उदेश्यले सडकको दाँया बाया बृक्षारोपण पनि गरिएको छ । थाक्रे जुँगेखोला देखि सिम्ले खयरघारी सम्म प्रत्येक घरको अगाडी अशोका र अन्य जातका बिरुवा रोपिएको हो । बिश्व वातावरण दिवको अबसर पारेर उतm अभियान सञ्चालन गरिएको उपाध्यक्ष रुपाखेतिले बताईन् । पर्यटकलाई आकर्षित गर्ने स्थान देखि हरेक क्षेत्रलाई यस आर्थिक बर्षको बजेटले थप टेवा पुग्ने देखिन्छ । थाक्रे गाउँपालिकाले “सम्बृद्ध थाक्रे गाउापालिका निर्माणको आधार कृषि, उद्योग, पर्यटन ब्यापार र पुर्बाधार” भन्ने दिर्घकालिन सोचलाई अगाडी बढाउँदै आगामी दिनमा कृषि पेसा ब्यबसाय, रोजगारी सिर्जना, आर्थिक उपार्जन, आत्मर्निरता तर्फ अगाडी बढाउने योजनाहरु अगिसारेको अध्यक्ष आचार्यले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १८:२३:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology