आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिस्ने खोलादेखि धार्केसम्म दुई लेनको समानान्तर सडक निर्माण प्रक्रिया सुरु

सिस्ने खोलादेखि धार्केसम्म दुई लेनको समानान्तर सडक निर्माण प्रक्रिया सुरु

  • 6.4K
    SHARES
  • काठमाण्डौँ । सरकारले समानान्तर सडक निर्माणको प्रक्रिया सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा– मुग्लिन सडकलाई चार लेनमा विस्तार गर्ने योजना रद्द गरी दुई लेनको छुट्टै सडक निर्माण प्रक्रिया थालेको हो । आर्थिक वर्ष २०७६/७७ भित्र सडक निर्माणको खरिद प्रक्रिया पूरा गर्ने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताउनुभयो । उहाँले आगामी आवभित्र सडक निर्माणमा ऋण सहयोग गर्ने दाता ९विश्व बैंक० सँगको सम्झौतादेखि खरिद प्रक्रिया र निर्माण व्यवसायीसँग ठेक्का सम्झौतासमेत सम्पन्न गर्नेसम्म काम गर्ने बताउनुभयो । कुल ९५ दशमलव ५ किलोमिटर नागढुंगा–मुग्लिन सडकमध्ये सिस्ने खोलादेखि धार्केसम्म ११ दशमलव २ किलोमिटर नयाँ सडक निर्माण गरिने विभागले जनाएको छ । यसका लागि जग्गा अधिग्रहणको काम थालिएको छ । त्यस्तै, नागढुंगा–मुग्लिङ सडकमा पर्ने सहरी क्षेत्रका थप ११ किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिने विभागले जनाएको छ । बाँकी रहेको ७३ दशमलव ३ किलोमिटर सडकमा आवागमनलाई दु्र्रत बनाउन मर्मत, पुल निर्माण र अन्य सुधार गरिने योजना सडक विभागको छ । त्यसका लागि विभिन्न स्थानमा बस, ट्रक रोक्ने ठाउँ निर्माण गरिनेछ । बस्तीहरूमा बाटो काट्ने बटुवा पुल निर्माण गरिनेछ भने दुई सडक आएर एकै ठाउँमा मिल्ने बिन्दुमा आवश्यक व्यवस्थापनको काम गरिने विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाको भनाई छ । नयाँ निर्माण हुने सडक धार्के पुगेपछि पुनः नागढुंगा–मुग्लिन सडकमा जोडिनेछ । नयाँ निर्माण हुने सडकको अध्ययन सम्पन्न भइसकेको छ । यसैबिच सडक विभागले यसअघि आर्थिक वर्ष २०७६र७७ देखि काम थाल्ने बताए पनि जग्गाप्राप्तिमा सहज नभएपछि ढिलाइ हुने बताएको छ । नयाँ सडक निर्माणका लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुने अध्ययनले देखाएको छ । सडक निर्माणका लागि आवश्यक जग्गाको मूल्य नै १० देखि १२ अर्ब रुपैयाँ स्थानीयले माग गरेको विभागको भनाइ छ । विश्व बैँकले सहुलियत ऋण ९१ प्रतिशत० लगानी गर्नेछ । नयाँ सडक निर्माण, पुल निर्माण र सुधारमा २४ अर्ब आवश्यक विश्व बैंक र सडक विभागले गरेको अध्ययनअनुसार नयाँ सडक निर्माण, पुल निर्माण र साबिकको सडक सुधारमा २४ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ । लगानीले सिस्नेखोलादेखि धार्केसम्म ११ किलोमिटर दुई लेनको नयाँ सडक निर्माण गरिनेछ । त्यसका लागि ६ अर्ब रुपैयाँखर्च गरिनेछ । बाँकी रकममा सिस्ने खोलादेखि मुग्लिङसम्मका पुल निर्माण र मर्मत तथा सडक विस्तार र मर्मत–सम्भारलगायता काम गरिनेछ । सुधारभित्र २१ वटा पुल, करिब ७ किलोमटिर क्लाम्बिङ लेन, घुम्ती ९मोड० सुधार, २६ वटा पुलको मर्मत गरिनेछ । त्यस्तै, १५ वटा आकासेपुल निर्माण हुनेछन् । तर, लागत एक वर्षअगाडि नै तय गरिएकाले पुनःअद्यावधिक गर्नुपर्नेछ विभागले जनाएको छ ।
    २०७६ साउन ९ गते प्रकाशित
     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १८:१२:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology