शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालद्धारा कुवेत ७ विकेटले पराजित, कप्तान खड्काको उत्कृष्ट अर्धशतक्र

नेपालद्धारा कुवेत ७ विकेटले पराजित, कप्तान खड्काको उत्कृष्ट अर्धशतक्र

  • 4.8K
    SHARES
  • काठमाडौं । टी २० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेत लाई ७ विकेटको सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५।५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा पारस खड्काले कप्तानी पारी खेले । उनले ४२ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६८ रन बनाए । शरद भेषावकरले नटआउट ३८ रन जोडे ।

    images
    images

    बलिङतर्फ कुवेतका कप्तान मोहम्मद शासिफले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका मोहम्मद शासिफले ४९ रन जोडे ।नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३र३ विकेट लिए भने करण केसीको नाममा एक विकेट रहृयो ।


    २०७६ श्रावण ११ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०७६ शनिवार - २०:३०:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology