हेटौंडा । कृषकहरुलाई प्रदेश ३ सरकारले अनुदान र सहुलियत ऋण उपलब्ध गराउने भएको छ । यसका लागि प्रदेश सरकारले मंगलबार कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता गरेको छ ।
प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच हेटौंडामा ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मन्त्रालय र बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै प्रदेश ३ का किसानहरुका लागि कृषि क्षेत्रमा व्यावसायिक रुपमा काम गर्नका लागि सहजता मिल्ने भएको छ ।
२०७६ श्रावण १४ गते प्रकाशित