काठमाण्डौँ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाले आर्थिक वर्ष २०७५/७६ मा छुट्याइएको बजेट खर्च गर्न सकेको छैन। २७ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएकोमा आर्थिक वर्षको अन्त्यसम्म आयोजनाले मुआब्जा वितरणका लागि ११ अर्ब ३१ करोड रुपैयाँ खर्च गर्न सकेको हो । मुआब्जा वितरण लगायतका कामका लागि उक्त आयोजनामा पुरानो र नयाँ बजेटसहित सो बजेट छुट्याइएको थियो ।
यस्तै सरकारले आर्थिक वर्ष २०७५र७६ मा मेलम्ची खानेपानी आयोजनामा पाँच अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि दुई अर्ब ४२ करोडमात्रै खर्च गर्न सकेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा उक्त आयोजनाका फोकल पर्सन दिलीपकुमार सडौलाका अनुसार २०७४ यता आयोजनाको संरचना नै प्रस्ट हुन नसकेकाले खोजेजस्तो प्रगति हासिल हुन नसकेको बताए ।
२०७६ श्रावण १५ गते प्रकाशित