आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हेटौँडाको बसामाडीमा सवारी दुर्घटना, एकको मृत्यु

हेटौँडाको बसामाडीमा सवारी दुर्घटना, एकको मृत्यु

  • 4.3K
    SHARES
  • हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–३ बसामाडी लेवटमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार स्थानीय ३० वर्षीय सौरभ सुवेदी रहेका छन्। दुर्घटनामा मोटरसाइकलमै सवार सोही ठाउँका १८ वर्षीय अस्मित सुनार गम्भीर घाइते भएका छन्। उनको चुरेहिल हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुईमध्ये मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन। चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना६ख १५०० नम्बरको ट्रक र हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईजना घाइते भएका थिए। दुवैलाई उपचारका लागि चुरेहिल हस्पिटलमा ल्याएकोमा उपचारको क्रममा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ।
    २०७६ श्रावण १५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - ०४:२९:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology