मंगलवार, कार्तिक १० गते २०८३

Tuesday, Oct 27 2026 मंगलवार, कार्तिक १० गते २०८३

‘मह जोडी’ले बाहिरको फिल्म नगर्ने

‘मह जोडी’ले बाहिरको फिल्म नगर्ने

Sobizpress SuAdmin

१६, श्रावण २०७६
  • 5.1K
    SHARES
  • काठमाण्डौँ । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले ‘मह संचार’ बाहिरको चलचित्रमा काम नगर्ने बताएका छन् । कलाकार शिवहरि पौडेलको डेब्यु निर्देशनमा चलचित्र ‘लक्का जवान’ निर्माण हुदैछ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल चलचित्रका कार्यकारी निर्माता हुन् ।

    images

    कमेडी जनरामा निर्माण हुने यो चलचित्रमा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय छ । यो चलचित्रको शिर्ष भूमिकामा लागि ‘मह जोडी’लाई प्रस्ताव गरिएको थियो । शिवहरिले सुरुवातमा स्क्रिप्ट भने यो जोडीलाई नै हेरेर लेखेको थियो । तर, हरिवंश आचार्यले ‘लक्का जवान’ खेल्दा आफूलाई समस्या पर्ने भन्दै खेल्न मानेनन् ।

    यो बिषयमा बोल्दै निर्देशक पौडेलले भने–‘हो मैले सुरुवातमा हरिवंश र मदनकृष्ण दाइका लागि नै स्क्रिप्ट लेखेको थिएँ । तर, हरि दाइले नै आफूलाई अन्य ब्यानरबाट पनि अफर आइरहेकाले यो गर्दा अरु पनि गर्नुपर्ने भएकाले समस्या हुने बताएपछि मैले कर गरिनँ ।’ मह जोडीले शिवहरिलाई आफूहरुकै ब्यानरमा सहकार्य गर्न समेत आग्रह गरेका थिए । ‘मह संचार’को ब्यानरबाट पछिल्लो समयमा ‘शत्रुगते र दाल भात तरकारी’ निर्माण भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १९:४८:१० बजे

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology