आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ओसामा बिन लादेनका छोरा (हाम्जा) मारिएको दाबी

ओसामा बिन लादेनका छोरा (हाम्जा) मारिएको दाबी

  • 5.3K
    SHARES
  • एजेन्सी, काठमाडौं . ओसामा बिन लादेनका छोरा हाम्जा बिन लादेनको मृत्यु भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। ३० वर्ष हाराहारीका हाम्जाको मृत्युबारे अमेरिकी सञ्चारमाध्यमहरू एनबिसी र न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेका छन्। हाम्जाको मृत्यु भएको अपरेसनमा अमेरिकी अधिकारीहरू पनि संलग्न भएको बताइएको छ। तर उनी कुन ठाउँमा कहिले मारिए भन्ने समाचारमा खुलाइएको छैन। उनको मृत्यु डोनाल्ड ट्रम्पले राष्ट्रपति सम्हालेका पहिला दुई वर्षमा भएको हुन सक्ने बताइएको छ। हाम्जाको मृत्युबारे बुधबार संवाददाताले सोधेको प्रश्नमा ट्रम्पले यसबारेमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताएका थिए। सन् २०११ मा अमेरिकी सैन्य कारबाहीमा परी ओसामा बिन लादेनको मृत्यु भएको थियो। त्यसपछि हाम्जालाई उनका उत्तराधिकारीका रूपमा हेरिएको थियो। हाम्जाले अडिओ र भिडिओ सन्देश जारी गर्दै अमेरिकालगायत अरू देशमा आक्रमण गर्ने चेतावनी दिएका थिए। अमेरिकाले हाम्जा कहाँ छन् भन्ने जानकारी दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो। २०७६ श्रावण १६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - २०:२७:१५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology