धादिङ । गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिविर सञ्चालन हुने भएको छ। भोटेकोशी बाढी २०८२ का लागि सञ्चालित अपाङ्गता समावेशी सहायता परियोजना अन्तर्गत आगामी असोज १७ गते शनिबार शिविर आयोजना गर्न लागिएको हो। अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) को आयोजनामा तथा गल्छी गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन हुनेछ।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण, हाडजोर्नी तथा मांशपेशीको परीक्षण, फिजियोथेरापी सेवा तथा नाक, कान, घाँटी र आँखाको परीक्षण गरिने आयोजकले जनाएको छ।
यस्तै, आवश्यकताअनुसार सहायक सामग्री, कृत्रिम अंग तथा जाँच र वितरण, औषधि वितरण तथा परामर्श र प्रेषण ९रिफर० सेवा समेत उपलब्ध हुने जनाइएको छ।
शिविरमा स्वास्थ्य सेवा लिन चाहनेले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता गर्न सक्नेछन्।
आयोजकका अनुसार शिविरमा अपाङ्गता भएका व्यक्ति तथा आवश्यक स्वास्थ्य तथा पुनर्स्थापना सेवा चाहने नागरिकलाई सहभागी हुन आग्रह गरिएको छ।