शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनको भाउमा नयाँ रेकर्ड, पहेंलो धातुको भाउ बृद्धि सँगै यसको असर सुन बजारमा पनि देखियो

सुनको भाउमा नयाँ रेकर्ड, पहेंलो धातुको भाउ बृद्धि सँगै यसको असर सुन बजारमा पनि देखियो

  • 4.1K
    SHARES
  • काठमाडौं। नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। चाडबाड नजिकिँदै गर्दा पहेंलो धातुको भाउमा बृद्धिको असर सुन बजारमा पनि परेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी तेजाबी सुन एक तोलाको ६५ हजार ५ सयमा कारोबार भैरहेको छ। चाँदी प्रतितोला ७ सय ७० रुपैयाँ कायम भएको संघले जनाएको छ। एक महिनाको तथ्यांक हेर्दा चाँदीको भाउमा पनि लगातार बृद्धि भैरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस २२ डलरले बढेर १४३२ डलर कायम भएकाले नेपाली बजारमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। सुनको भाउले नयाँ रेकर्ड बनाएसँगै बजारमा उपभोक्ताको चहलपहल शून्य भएको छ। पहिलेको तुलनामा २५ प्रतिशत पनि बिक्री नभएको शाक्यको भनाई छ । २०७६ श्रावण १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार - २३:०८:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology