आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका ३ स्थानिय तहमा, ३ नम्बर प्रदेश सरकारले पक्कि सडक बनाउँदै

धादिङका ३ स्थानिय तहमा, ३ नम्बर प्रदेश सरकारले पक्कि सडक बनाउँदै

  • 6.0K
    SHARES
  • धादिङ । धादिङ जिल्लाका ३ वटा सहित, ३ नं प्रदेश सरकारले प्रदेशका अन्य १७ वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने पक्की सडक निर्माण गर्ने भएको छ । सडक निर्माणका लागि धादिङको रुबिभ्यालीका लागि ४ करोड, नीलकण्ठ नगरपालिकाको पाल्पाभन्ज्याङ हुंदै ज्वालामुखी गाउँपालिका जोडिने सडकका लागि २ करोड र सिद्धलेक गाउँपालिका पुग्ने सडक स्तरोन्नतिका लागि १ करोड रुपियाँ विनियोजन गरिएको छ । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्ष २०७६÷७७ मा कार्यान्वयन हुने गरी ३ नं प्रदेश सरकारले १३ जिल्लाका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी सडक निर्माण तथा स्तरोन्नति गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छे। चालू आर्थिक बर्षमा २० वटा स्थानीय तहको केन्द्रमा सडक ट्रयाक खन्न र स्तरोन्नति गर्न सरकारले ५४ करोड खर्च गर्न लागेको मन्त्रालयले जनाएको छ । तीन बर्षभित्रमा कालोपत्रे सम्पन्न गर्नेगरी सडकहरुको छनौट गरी काम अघि बढेको र अर्को बर्ष थप सडक योजना बिस्तारका लागि चालू आर्थिक बर्षभित्रै ३५ वटा स्थानीय तह जोड्ने बाटोको पहिचान गरी डिपिआर सम्पन्न गर्नेगरी मन्त्रालय अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । २०७६ श्रावण १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७६ शनिवार - ०५:२७:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology